काठमाडौं। प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छद्ध । बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे,…