काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले अबको सरकारको नेतृत्व पनि आफ्नै पार्टीको हुने दाबी गर्दै संकल्प पत्र नामको घोषणापत्र तयार पारेको हो । घोषणापत्रमा कांग्रेसले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा पनि गरेको छ ।…