२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बाँके-३ माओवादीमा बबन्डर, केन्द्रका उम्मेदवार खरेल, क्षेत्रका उम्मेदवार सुनार



खजुरा । बाँकेको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्र र गठबन्धनको केन्द्रीय निर्णय विपरित नव प्रवेशी स्वतन्त्र उम्मेदवार बोकेर हिँडेका माओवादीको बाँके जिल्ला नेतृत्व नैतिक संकटमा परेको छ । गठबन्धनको शिर्ष नेतृत्वले पुर्ववत निर्णय अनुसार बाँके ३ (क) मा ईन्द्र प्रसाद खरेललाई आधिकारीक उम्मेवार भएको लिस्ट सार्वजनिक गरेपछि स्वतन्त्र उम्मेदवारलाई बोकेर पार्टी निर्णय विरुद्ध बिद्रोह गरेका माओवादीको जिल्ला नेतृत्व नैतिक संकटमा परेको हो ।

पार्टी केन्द्रबाट बाँके ३ (क)मा टिकट पाएका ईन्द्र प्रसाद खरेल (आईपी खरेल) को उम्मेववारी दर्ता भएर प्रचार अभियान अगाडि बढिसकेपछि माओवादीको जिल्ला नेतृत्वले एकाएक एकीकृत समाजवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गराएर आधिकारीक गठबन्धनका उम्मेदवार विरुद्ध गतिबिधि गरेका थिए । उनीहरुले सार्वजनिकरुपमा गठबन्धनका उम्मेदवारका पक्षमा देखिएपनि केही कार्यकर्ताहरुलाई स्वतन्त्र उम्मेदवार सुनारको पक्षमा उभ्याएर प्रचार प्रसार समेत शुरु गरिरको थिए । तर शुक्रबार गठबन्धनको शिर्ष नेतृत्वले आधिकारीक उम्मेदवार आईपी खरेल भएको विज्ञप्ति सार्वजनिक गरेपछि बाँके ३ को राजनीतिले फरक मोड लिएको हो ।

पार्टी केन्द्रले खरेलको नाममा टिकट पठाएको बिरोधमा माओवादीको बाँके ३ को प्रदेश स्तरिय निर्वाचन कमिटीका अधिकांस पदाधिकारीले राजीनामा दिएका थिए । तीनै राजीनामा दिएका पदाधिकारी र सदस्यहरुको बैठकले केहिदिन अघि माओवादीमा प्रवेश गरेका सुनारलाई पार्टीको आधिकारीक उम्मेदवार भन्दै विज्ञप्ति समेत निकालेका थिए । एकीकृत समाजवादीको पोलिट ब्यूरोमा रहेका सुनार टिकट र गठबन्धनबाट एकीकृत समाजवादीको भागमा नपरेपछि माओवादी भित्रका खरेल बिरोधी कार्यकर्ताको साथ लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ५९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा