काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट माओवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादीबाट बिद्रोह गरेर उम्मेदवारी दिएका दीपेन्द्रपुनः माओवादीमा फर्केका हुन् । स्वतन्त्र…