काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। नेकपा (पूर्व घटकहरु)का प्रवासी संगठनहरूको आयोजनामा हुने ‘एकता सन्देशसभा’लाई सम्बोधन गर्न दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। एक महिनाअघि नै तय भएको उक्त सन्देशसभा भोलि आयोजना हुँदैछ। सभालाई सम्बोधन गरेपछि प्रचण्ड भोलि नै (सोमबार) साँझ स्वदेश फर्किने…