काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । निर्वाचनअघि एकअर्कालाई कटु आलोचना गर्दै आएका दुई अध्यक्षबीच निर्वाचनको नतिजा सार्वजनिक भैरहेको बीचमै फोन संवाद भएको हो । सो संवादमा दुवै अध्यक्षले एकअर्कालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना साटेका छन् ।…