७ आश्विन २०८३, बुधबार | September 23, 2026

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा जाने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन । राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ ।

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ । गृहमन्त्रीसहित उपप्रधानमन्त्री ताकेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ ।

राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो । पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आफूले राखेका माग पूरा नभए सरकारमा नजाने राप्रपाले संकेत गरेपछि प्रचण्डले एकीकृत समाजवादीलाई विश्वासको मत दिन अध्यक्ष माधवकुमार नेपाललाई भेटेरे आग्रह गरेका थिए । जसअनुसार आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यो निर्णय एकीकृत समाजवादीले २६ पुससम्मै बाहिर नल्याउने भएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज