काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चारदलीय बैठक बैठक बोलाएका हुन् । जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्।…