१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशन : ‘समानुपातिक मतगणनाको मुचुल्काको प्रति मेरो म्यासेज बक्समा पठाउनु’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनाको परिणामको मुचुल्काको प्रति सिधै आफ्नो फेसबुकको म्यासेजमा पठाउन गणनामा रहेका एमाले प्रतिनिधिलाई निर्देशन गरेका छन् ।

अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा चनाखो बन्न कार्यकर्तालाई निर्देशन दिँदै गणनाको मुचुल्काको प्रति आफ्नो म्यासेज बक्समा पठाउन निर्देशन दिएका हुन् ।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,’जिल्ला(जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भने एमालेको ३९ सिटमा जित घोषणा भइसकेको छ । जारी मतगणनाको क्रममा तीन स्थानमा एमाले अग्रस्थान छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : २९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा