७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशन : ‘समानुपातिक मतगणनाको मुचुल्काको प्रति मेरो म्यासेज बक्समा पठाउनु’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनाको परिणामको मुचुल्काको प्रति सिधै आफ्नो फेसबुकको म्यासेजमा पठाउन गणनामा रहेका एमाले प्रतिनिधिलाई निर्देशन गरेका छन् ।

अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा चनाखो बन्न कार्यकर्तालाई निर्देशन दिँदै गणनाको मुचुल्काको प्रति आफ्नो म्यासेज बक्समा पठाउन निर्देशन दिएका हुन् ।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,’जिल्ला(जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भने एमालेको ३९ सिटमा जित घोषणा भइसकेको छ । जारी मतगणनाको क्रममा तीन स्थानमा एमाले अग्रस्थान छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज