काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसाल बहुमतले निर्वाचित भएकी हुन् । २४२ जना सांसद उपस्थित भएको बैठकमा भुसालको पक्षमा १४२ मत परेको छ । उनको विपक्षमा ९३ मत परेको छ । सभामुख अग्निप्रसाद सापकोटाले…