२३ बैशाख २०८३, बुधबार | May 6, 2026

धेरै तितो नबोलौं यो सरकार कसरी बन्यो भनेर त छताछुल्लै भइसकेको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले परमादेशबारे पोल खोलाखोल भैरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुले गरेको संसद विघटनको बचाउ गर्दै परमादेश दिने र माग्नेहरुबीच पोल खोलाखोल भएको बताएका हुन् । ओलीले परमादेशबाट सरकार बनाउने बेलामा केके लेनदेन भएका थिए भन्ने विषय खुल्दै गएको बताए ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई परमादेशको मात्र टिप्पणी गर्ने गरेको बताउँदै त्यही भएर नै संसदमा पुनः भेट हुन पाएको बताएका थिए । ओलीले भने प्रधानमन्त्री देउवालाई प्रतिगमन गरेको आरोप लगायो । ओलीले आफु प्रधानमन्त्री हुँदा चुनावको घोषणा गरेअनुसार चुनाव भएको भए अहिले नयाँ संसद आइसकेको हुनेथियो हुने जिकिर गरे ।

ओलीले चुनावमा कुनै धाँधली नगर्न सरकारलाई चेतावनी पनि दिए । निर्वाचन आयोगलाई निस्पक्ष भएर काम गर्न उनले आग्रह गरे । मंसिर ४ गतेपछि आफुहरु सरकारको नेतृत्व गर्ने उनले बताए ।

उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए । उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’

बैठकमा उनले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ …भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाए । उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताए । उनले भने, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताए । प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताए । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताए । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : २३ बजे

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच