काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको एकीन गर्न माग गरेका थिए । तत्पश्चात तीन मिनेट…