२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सामाजिक सञ्जालमार्फत ओलीले सुरु गरे एमालेको चुनावी अभियान



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी अभियान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् चुनावको अभियान थालेका हुन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने एक साताअघि सोमबार ओलीले आफ्नो पार्टी सरकारमा गएपछि गर्ने कामको तालिका बनाइरहेको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउने कृषि क्षेत्रको विकासका लागि सुझाव मागेको बताएका छन् ।

साथै उनले अन्य विविध क्षेत्रको लागि पनि सुझाव माग्ने र सुझाव पाउने अपेक्षा गरेको बताएका ओलीले एमाले सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्ने तयारी गरेको उल्लेख गरेका छन् । यसका लागि आवश्यक सुझाव र साथको अपेक्षा गरेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ५ : ३७ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री