काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिष्टहरूमध्ये मात्र ठूलो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी भएको बताएका हुन् । ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो…