४ चैत्र २०८२, बुधबार | March 18, 2026

भन्सारमा कडाई गरेपछि सुनौलीका ब्यापारी आन्दोलनमा, भन्छन्- ‘गरिवलाई भन्सार, भैरहवाका ब्यापारी मालामाल’

बुटवल । नेपाल भारत सीमानामा पारीको सुनौली बजारका ब्यापारीहरुले भैरहवाका ब्यवसायीहरुको गोदाममा करोडौंको भन्सार छलेको सामान स्टक रहेको आरोप लगाएका छन् । नेपाल भन्सारमा १ सय बढीको सामानमा कडाई गरेपछि आक्रोशित भएको तिनीहरुले सामान्य गरिव र श्रमिकहरुले सहुलियत दरमा सुनौलीबाट सामान किनेर लैजाने सुविधामा रोक लगाएर व्यापारीले गोदाममा करोडौंको सामान भण्डारण गरेको आरोप लगाए ।…