नेपालगन्ज । नागरिकतामा आमाको नाम अनिवार्य राख्नु पर्ने माग गर्दै उच्च अदालत तुलसिपुरमा परमादेशको माग गर्दै रिट निबेदन परेको छ । जिल्ला प्रशासन कार्यालय दाङ, प्रमुख जिल्ला अधिकारी इलाका प्रशासन कार्यालय तुलसीपुर दाङ र इलाका प्रशासन कार्यालय लमही दाङलाई विपक्षी बनाईएको रिट निवेदनमा नागरिकताको विषय राष्ट्रको पहिचानसँग प्रत्यक्ष जोडिएको विषय भएको र यसको संवैधानिक तथा…