नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएको उल्लेख गरे । “संसद् प्रतिस्पर्धाको थलो पनि हो, संसद्मा हुने नीतिगत…