बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान र दर्शनको कुनै सीमा रेखा नहुने बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले ध्यान र विकासलाई जोडेर जानुपर्ने बताए । उनले भने, ‘ज्ञान र दर्शन कसैको सम्पत्ति नभएर सबैको साझा सम्पत्ति हो ।’…