४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

धुमधामका साथ मनाइयो मोहम्मद डे, जुलुसमा मुख्यमन्त्री डिल्ली चौधरीको पदयात्रा



बुटवल । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन धुमधामकासाथ मनाईएको छ । हजरत मोहम्मदको १४९८ औ जन्मोत्सवका अवसरमा आज बिभिन्न स्थानमा बाजागाजा सहित जुलुस प्रदर्शन गरिएको छ ।

ईस्लामिक क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आज १२ तारिखको दिन मोहम्मदी जुलुस निकाल्ने मुस्लिम समुदायको प्रचलन रहेको छ ।

नेपालगन्जमा ईस्लाम धर्मावलम्बीहरुले विभिन्न स्थानबाट नेपालगन्जमा जम्मा भएर बिहानैदेखि बाजागाजा र झण्डासहित नगरको परिक्रमा गरेका छन् । प्रदर्शनमा सहभागी इस्लाम समर्थकहरुले नेपालगन्जका गल्ली र सडकहरु सजाउनुका साथै सडकमा गुड्ने सवारी साधनमा समेत मदीना नामको झण्डा फहराएका छन् । नेपालगन्जका मुस्लिम समुदायले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाएका छन् ।

बिहानैदेखि शुरु भएको जुलुस दिउसो २ बजे सम्पन्न गरिएको नेपालगन्जका मुस्लिम अगुवा मेराज अहमद (हिमालय)ले बताए ।

मुस्लिम अगुवा हिमालयका अनुसार यो जुलुस जामामस्जिददेखि घोसीटोल, फुल्टेक्रा, आँखा अस्पताल, डिएसपीरोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवनचोक, वीपीचोक धम्बोजी हुँदै न्युरोडपछि गौसीया मस्जिदमा गएर समापन गरिएको थियो । मोहम्मद डेमा सहभागी हुन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालगन्ज पुगेका छन् । मुख्यमन्त्री चौधरीसहित नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट, पूर्व मन्त्री तथा जसपा नेता मोहम्मद इस्तियाक राई मोहम्मद डेको जुलुसमा हिँडेका थिए ।

गौसीया मस्जिद, जामा मस्जिद लगायत सबै मस्जिदहरुमा मिलाद फातिहा गराउने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिईएको छ ।

यता बुटवलमा पनि ईस्लाम समर्थकहरुले मोहम्मद डे धुमधामका साथ मनाएका छन् । उनीहरुले बिहानै देखि आआफ्नो घर टोल छिमेकको सरसफाई गर्दै जुलुस प्रदर्शन गरेका छन् । पारी बुटवल स्थित जामा मस्जिदबाट निस्केको बाजागाजा र झाँकी सहितको जुलुस नेपालगन्जरोड, अस्पताल चौक, ट्राफिक चोक, राममन्दिरलाईन हुँदै जामा मस्जिद पुगेर समापन भएको थियो । जामा मस्जिद संचालक समितिले यस वर्ष देखि झण्डै एकसाताको कार्यक्रम गरि मोहम्मद जन्मोत्सव मनाउन थालेको छ ।

मदरसा स्तरिय हाजिरिजवाफ, रक्तदान, धार्मिक प्रवचन र ¥याली सहितको कार्यक्रम गरिएको रजा-ए-मुस्तफा जामा मस्जिद समितिका महासचिव अफुर मियाँले जानकारी दिए ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ५ : ३३ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि