काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु) लागेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै देशका तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन प्रभावित बनेको जनाएको छ । महाशाखाले प्रतिकुल मौसमका कारण स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको…