काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । हड्तालको प्रभावस्वरूप उपत्यकाभरका विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई सूचना पठाउँदै आज विद्यालय बन्द रहने जानकारी गराएका छन् । नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग अघि सार्दै शैक्षिक हड्ताल आह्वान गरेको…