काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति नकआउटका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल पुगेका हुन् । अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा…