बर्दिया । उदघाटन नहुँदै भांच्चिएको बर्दियाको जब्दीघाटको पुलमुनी सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले आमरण अनशन थालेका छन् । विकास निर्माणका विभिन्न १५ बुँदे माग राख्दै बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले आमरण अनशनमा थालेका हुन् । विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राख्दै उनले जब्दीघाटको भाँच्चिएको पुल मुनि…