९ पुस २०८२, बुधबार | December 24, 2025

राष्ट्रपतिलाई नागरिक अगुवाहरुको ज्ञापनपत्र, संवैधानिक अंगहरुलाई असंवैधानिक ढंगले नचलाइयोस

काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी लोकतन्त्रको जग कमजोर नपार्न सरकारलाई सजग बनाउन आग्रह गरेका छन् । विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै संक्रमणकालीन अवस्थामा राजनीतिक दल र संवैधानिक संरचनाको दायित्व अझ बढेको बताएका छन् । उनीहरुले जेनजी आन्दोलनपछि देखाइएको राष्ट्रपतिको अभिभावकीय भूमिकाको प्रशंसा समेत गरेका छन् ।…