काठमाडौं । नवनिर्वाचित सभामुख डोल प्रसाद (डीपी) अर्यालले आजै शपथ ग्रहण गर्ने भएका छन् । उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने छन् । उनले आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ…