काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा तय हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका तीन खेलपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभरि सन्तुलित र प्रभावशाली…