काठमाडौं । नेपाल बार एसोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको संसद विघटनको कदमप्रति कडा आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि बारले विज्ञप्ति जारी गर्दै उक्त निर्णय असंवैधानिक भएको जनाएको हो । बारको विज्ञप्तिमा राष्ट्रपति पौडेलको कदमलाई स्वेच्छाचारी, असंवैधानिक र कानूनी शासन तथा संवैधानिक सर्वोच्चताको उल्लंघन गरिएको…