काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताले उठाएका मागहरूलाई सम्बोधन गर्न र देशमा स्थिति थप बिग्रन नदिन सरकारसँग आग्रह गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा भइरहेको जेन–जीको प्रदर्शनलाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको हो। बैठकले हाल सञ्चालनमा रहेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्ने…