१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि पुनः पेश गरिएको हो ।…