३ चैत्र २०८२, मंगलबार | March 18, 2026

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको…