काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक झडपका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएका छन् । गृहमन्त्रीले शनिबार सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर घटनाको अवस्थाबारे समीक्षा गर्ने तयारी गरेका हुन्। शुक्रबार राति कारागारको ब्लक ‘ए’ र ब्लक ‘बी’मा रहेका कैदीबन्दीबीच भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो ।…