५ चैत्र २०८२, बिहिबार | March 19, 2026

५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित मंगलबार कांग्रेस विशेष महाधिवेशनको माग दर्ता गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर सहितको प्रस्ताव मंगलबार पेस हुने भएको छ। महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गरिने भएको हो । भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठक अघि हस्ताक्षर सहितको प्रस्ताव पेश…