५ बैशाख २०८३, शनिबार | April 18, 2026

विश्वकप छनोट : आज नेपाल र कतार आमनेसामने



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ । अब अंकबिहीन कतारविरुद्ध जित निकाल्दै नेपालले २०२६ टी-२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

नेपाल र कतारबीचको खेल सोमबार राति ८ः४५ बजे ओमानको अल अमेरतमै सुरु हुनेछ ।

सुपर सिक्समा यूएईमाथि रोमाञ्चक जित दर्ता गरिसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमान र शुक्रबार (असोज ३१ गते) सामाओसँग अन्तिम खेल खेल्नेछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुने सन् २०२६ को टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

हाल अंकतालिकामा ओमान र नेपालको समान चार-चार अंक छन् । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । दुई अंकसहित यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै अंकविहीन छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ४४ बजे

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी