काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू सामूहिक रूपमा उभिएर विरोध प्रदर्शन गरेका हुन्। बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विपक्षी सांसदहरूले ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै संसद्को मर्यादा र समयलाई ध्यानमा राख्न आग्रह…