१९ बैशाख २०८३, शनिबार | May 3, 2026

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल प्रयोगशालाजस्तै बन्दै गएको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राजनीति, राज्यपद्धति र शासन प्रणालीमा भएका बारम्बारका परिवर्तनले अपेक्षित प्रगति नआएको बताएका हुन् । उनका अनुसार परिवर्तनहरू कोरा मात्र सीमित हुँदा राष्ट्रको समग्र विकास पछाडि परेको छ ।…