१२ पुस २०८२, शनिबार | December 27, 2025

एसिसी पुरुष यु-१६ : उपाधिका लागि नेपाल सिंगापुरसँग भिड्दै

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ । फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ । साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले…