काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र राजनीतिक दलबीचको बैठकमा नेताहरूले आफ्ना धारणा राखेका छन् । सबै दलका प्रतिनिधिले पालैपालो आफ्ना विचार प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ। यद्यपि, प्रमुख विपक्षी दल नेकपा…