काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा एफसी चितवनका अध्यक्षसमेत रहेका ढकालले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिनले रास्वपाले समानुपातिक सूचीमा समावेश गरेर दिएको अवसरप्रति…