काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि मतदान सुरु हुनेछ । मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल…