काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ । शुक्रबार दिउँसो १२ बजे आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्न बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवलाई ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको…