११ चैत्र २०८२, बुधबार | March 25, 2026

अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशलाई न्याय परिषदमा तानियो

काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेको थियो । न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत…