काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले पहिलोपटक पत्रकारहरूलाई बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम दिउँसो १ बजे कोटेश्वर चोकस्थित होटल ए वान भेन्यू मा आयोजना गरिएको छ । कार्यक्रममा ओलीले हालको राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक अवस्था र आगामी…