१७ पुस २०८२, बिहिबार | January 1, 2026

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । महासचिवमा रोशन थापा निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छिन् ।