बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विकास निर्माणमा भइरहेको योजनाहरुमा स्थानीयबासीसँग निगरानीको आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फन नगर प्रमुख पाण्डेयले बुटवलमा जारी ७ वटा सडक निर्माण योजनामा स्थानीयबासीको निगरानी आह्वान गरेका हुन् । नागरिक गिरानीका बारे खबरकुरासँग कुरा गर्दै नगर प्रमुख पाण्डेयले नागरिकको निगरानीले योजनाहरु गुणस्तरिय बन्नुका साथै निर्माण कम्पनीलाई समयमा…