२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ : प्रधानमन्त्री ओली



लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिए ।

साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बला आएको बताए । प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।

उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्काे तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : ५४ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता