मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले…