काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बिहीबार दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभा आयोजना गर्दै सो पार्टीले राजनीतिक प्रदर्शनको कार्यक्रम तय गरेको हो । पार्टीका अनुसार मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ, जसले विभिन्न मार्ग हुँदै भृकुटीमण्डप पुगेर जनसभाको रूप लिनेछ । यसैबीच, बुधबार चिरन पुन समूहले…