बुटवल । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट रुपन्देही ल्याइएको छ । सहकारी ठगी सम्बन्धमा बयानका लागि जोशीलाई रुपन्देही ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार दिउँसो रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले…