२ श्रावण २०८३, शनिबार | July 18, 2026

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सत्तारुढ दलहरूमा सहमति



काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा स्वीकृतिका लागि रहेको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयक ल्याउने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।

संसद अधिवेशन नचलेको बेला सरकारले ल्याएका अध्यादेश गत पुस २९ र माघ २ गते राष्ट्रपतिले जारी गरेका थिए । ती मध्ये अध्यादेशमध्ये पाँचवटा संसदबाट पारित भै प्रतिस्थापन विधेयक समेत आइसकेका छन् भने भूमि अध्यादेश होल्ड भएको थियो ।

जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय गरेपछि सरकार अप्ठेरोमा परेको थियो । राष्ट्रियसभामा जसपा नेपाल निर्णायक मतमा रहेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : १९ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८