काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफदेही बनाउनुपर्ने माग दोहोर्याउँदै बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै पर्चा प्रदर्शन गरेका थिए । उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए । तर सभामुख…